“नाइँ नभन्नू ल” को सिरिज निर्माण गरेर चर्चामा आएका निर्देशक एवं निर्माता विकास आचार्यले अब दुई बर्ष “नाइँ नभन्नू ल” को सिरिज निर्माण नगर्ने तयारीमा छन् । यस बर्ष सुविन भट्टराईद्धारा लिखित चर्चित पूस्तक “समर लभ” मा आधारित भएर चलचित्र “समर लभ” निर्माण गर्ने तयारीमा रहेका विकास आचार्यले चलचित्रका लागि नायिका नभेटेपछि अर्को बर्षमात्र “समर लभ” निर्माण गर्ने भएका छन् । आफ्नो आधिकारीक फेसबुकमा स्टाटस लेख्दै विकास आचार्यले “समर लभ” का लागि मुख्य पात्र “साया” नभेटिएकाले यो बर्ष अर्को चलचित्र “नीरान्जना” निर्माण गर्ने बताएका छन् ।
मुस्कान ढकालले निर्देशन गर्ने बताइएको चलचित्र “समर लभ” को निर्माण एक बर्षका लागि धकलिएपछि अब विकास आचार्य आफैले निर्देशन गर्ने चलचित्र “नीरान्जना” को निर्माणमा जुटेका छन् । खबरका अनुसार यो चलचित्र यस बर्षको अन्त्यमा प्रदर्शन हुनेछ । विकास आचार्यका अनुसार “नीरान्जना” पछि चलचित्र “समर लभ” र त्यसपछि मात्र “नाइँ नभन्नू ल” का अन्य श्रृखलाको निर्माण गरिनेछ ।