अभिनेता अनमोल केसीलाई ५० लाख पारिश्रमिक अफर गरिएपछि यसले फिल्म क्षेत्रमा तरंग नै ल्याएको थियो । यो बिषयमा फिल्मीकर्मीले पनि आ–आफ्नै शैलीमा जवाफ दिइरहेका छन् ।
नेपाली फिल्मका चल्तीका अभिनेता दयाहाङ राइले कुनै कलाकारले बर्षमा एउटा मात्र फिल्म खेल्छ र ५० लाख लिन्छ भने त्यो सहि हुने बताएका छन् । उनले, एउटा अभिनेताले ५० लाख पारिश्रमिक लिनुलाई ठूलो कुरा मान्न नहुने पनि बताएका छन् ।
अभिनेता राइले कुनै निर्माताले आफूलाई ५० लाख दिएको खण्डमा एउटा मात्र फिल्म बर्षमा खेल्ने बिषयमा भनेका छन् कि–‘यदि फिल्मको कथा मलाई सुहाउँछ भने म १ लाखमा पनि काम गर्न तयार छु ।’
उनले अहिले समय नै पैसामुखी भैसकेको बताएका छन् ।