माघ १२ गतेबाट रिलिज हुने भनिएको फिल्म ‘ह्याप्पी डेज’ अब यो मितिमा रिलिज नहुने भएको छ । यसको मुख्यकारण, हिन्दी फिल्म ‘पद्यमावत’लाई मानिएको छ । डिसेम्बर १ तारिखमा रिलिज हुने भनिएको यो फिल्म विरोधका कारण सो मितिमा रिलिज हुन सकेको थिएन । अब, यो फिल्मको प्रदर्शन मिति जनवरी २५ लाई तोकिएको छ ।
भारतदेखि नेपालमा पनि प्रतिक्षाको रुपमा हेरिएको यो फिल्मका कारण दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता अभिनित फिल्म ‘ह्याप्पी डेज’ पोष्टपोन्ड भएको हो । यो मितिमा अब हिन्दी फिल्म मात्र रिलिज हुने भएको हो ।
‘ह्याप्पी डेज’ अब कुन मितिमा रिलिज हुनेछ भन्ने तय गरिएको छैन । तर, यहि बर्षमा फिल्म रिलिज गरिनेछ । फिल्मको निर्देशक मिलन चाम्स हुन् ।