अभिनेत्री स्वेता खड्का फिल्म ‘कान्छी’को पत्रकार सम्मेलनमा रोएकी छिन् । उनको आँखाबाट आँशु छल्कनुको मुख्यकारण बन्यो, अभिनेता श्रीकृष्ण श्रेष्ठको बारेमा सोधिएको एक प्रश्न ? पत्रकार सम्मेलनमा स्वेतालाई एक पत्रकारले किन फिल्म ‘कान्छी’मा श्रीकृष्णलाई नसंझनु भएको भनेर सोधे ।
सो प्रश्नको जवाफ दिने क्रममा स्वेताले भनिन्–‘मैले उहाँलाई कहिले विर्सिएकी छु र संझनलाई ? उनले आफूले सधै नै श्रीकृष्णलाई मिस गर्ने गरेको बताइन् । साथै, फिल्म ‘कान्छी’ आफूले श्रीकृष्णका लागि नै बनाएको स्वेताले बताइन् ।
स्वेताका अनुसार नेपाः मुभिजलाई नै काया मुभिज बनाइएको हो ।
ज्योतिषले केहि अक्षर परिवर्तन गर्न भनेपछि नेपाः मुभिजको नाम परिवर्तन गरेर काया बनाएको बताइन् । सो कार्यक्रममा उपस्थित स्वेताकी आमा पनि भावूक बनेकी थिइन् ।