फिल्म ‘कान्छी’को ट्रेलर रिलिज भएको छ । फागूण ४ गतेबाट रिलिज हुन लागेको फिल्मको ट्रेलर काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता दयाहाङ राई र अभिनेत्री अनु शाह भने उपस्थित थिएनन् ।
आकाश अधिकारीले यो फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा श्वेता खड्का, दयाहाङ राई, अनु शाह, प्रज्ज्वल सुजल गिरी, भूमिका श्रेष्ठको मुख्य भूमिका छ । फिल्मको ट्रेलर रंगिन छ । स्वेता आफैले निर्माण गरेको फिलममा शैलेश खड्का र रविन खड्काले पनि उनलाई निर्माणमा साथ दिएका छन् ।
गाउँकी कान्छीसँग हुने प्रेमको कथालाई फिल्मको पर्दामा उतारिएको छ । पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको फिल्ममा संगीत छ ।