अन्य कलाकार फाइनल भएतापनि अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाले निर्देशन गर्न लागेको फिल्म ‘रामकहानी’का लागि अभिनेता फाइनल गरिएको थिएन । अभिनेता को होलान् भन्ने चर्चा पनि फिल्म वृत्तमा चलेको थियो । अब भने फिल्मका हिरो बाहिरिएका छन् । यो फिल्ममा अभिनेता आकाश श्रेष्ठले अभिनेत्री पूजा शर्मासँग रोमान्स गर्ने भएका छन् ।
अभिनेत्री शर्माको जोडी भएर अभिनेता प्रदिप खड्का र पल शाहले काम गरिसकेका छन् । आकाशलाई फिल्म ‘म त तिम्रै हुँ’बाट निर्मात्री सुस्मिता केसीले फिल्ममा भित्राएकी थिइन् । तर, आकाश फिल्ममा व्यस्त भएपनि चर्चामा भने छैनन् ।
अब, पूजा र सुदर्शनको ‘रामकहानी’ले उनको नयाँ कहानी लेख्ने आशा गरिएको छ । फिल्ममा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा फाइनल भैसकेका छन् । कमेडी र लभ स्टोरी जनरामा बन्ने फिल्मको छायांकन फागूण १ गतेबाट सुरु हुनेछ ।