फिल्म ‘फिर्के’को पत्रकार सम्मेलनमा उपस्थित अभिनेत्री ऋचा शर्मालाई पत्रकारले प्रश्न सोधे, के तपाई र अभिनेता अर्पण थापाको प्रेम छ ? यो प्रश्नको जवाफ दिने क्रममा ऋचाले यो प्रश्न सोध्नु अगाडि हजार पटक सोध्न चेतावनी दिइन् । उनले त विवाहित पुरुषसँग नाम जोड्नु अगाडि पत्रकारलाई सोच्न पनि आग्रह गरिन् ।
तर, ऋचा र अर्पण एक अर्काविना फिल्म नै खेल्दैनन् । फिल्म ‘फेरि फेरि’मा पनि यो जोडीले काम गरेको छ । अर्पणले ऋचाविना फिल्म नै खेल्न नमानेपछि यो फिल्ममा ऋचा अनुवन्धित भएकी हुन् ।
केहि दिन अगाडि मात्र उनीहरु चाबहिलको एक रेष्टुरेन्टमा एकसाथ देखिएका थिए ।
यसअघि पनि यो जोडीले केहि फिल्ममा काम गरेको छ । ऋचा र अर्पण प्रेममा रहेको चर्चा फिल्म बजारमा चल्न थालेको लामै भैसक्यो । तर, एकअर्काविना फिल्म नै नखेल्ने ऋचा र अर्पण प्रेम भने स्विकार गर्न तयार छैनन् ।