वितरकहरुले मिडियामा उपलब्ध गराउने फिल्मको रिपोर्ट गलत भएको चलचित्र संघले बताएको छ । संघको कार्यसमिती वैठकमा वितरक सदस्यहरुलाई फिल्मको रिपोर्ट गलत नदिन पनि अनुरोध गरिएको छ ।
नेपाली फिल्मले २ दिनमै करोड कमाएका रिपोर्ट गलत दिदा यसले फाइदा भन्दा पनि घाटा दिइरहेको छ । यसैले यस्ता गलत रिपोर्ट नदिन संघले वितरकहरुलाई अनुरोध गरेको हो । अहिले नेपाली मिडियामा आएका रिपोर्ट गलत भएको संघको भनाई छ ।
चलचित्र संघले आफ्नो ४५ औं साधारण सभा बुटवलमा गर्ने निर्णय पनि आजको वैठकमा गरेको छ । यसका लागि कार्यसमिती सदस्य कपिल द्धाको संयोजकत्वमा ७ सदस्यिय साधारण सभा तयारी समिती पनि गठन गरिएको छ ।