के समोसा खान्छ्यौ ? यसो भन्दै बलिउड अभिनेता बरुण धवनले एक तस्बिर इन्स्ट्राग्राममा पोष्ट गरेका छन् । तस्बिरमा बरुण एक यूवतीलाई समोसा खाने भनेर सोधिरहेका छन् । बरुणले किन ती यूवतीलाई समोसा खाने भनेर सोधे भन्ने खुलेको छैन ।
आखिर, यी यूवती को थिइन् ? जसलाई बरुण समोसा खुवाउन खोज्दैछन् । यी यूवती फिल्म ‘अक्टोबर’की अभिनेत्री हुन् । जसलाई बरुण समोसा खाने भनेर सोधिरहो छन् । उनको नाम बनिता सन्धु हो ।
बरुण र बनिता यो फिल्ममा मुख्य भूमिकामा छन् । सुजित सरकारले यो फिल्मको निर्देशन गरेका हुन् । यो एउटा रोमान्टिक प्रेमकथामा बनेको फिल्म हो । अप्रिल १३ मा फिल्म रिलिज हुँदैछ ।