संजलिला भन्सालीको निर्देशनमा तयार भएको फिल्म ‘पद्यमावत’ विरोधका कारण भारतका कैयौ शहरमा रिलिज भएको छैन । कतिपय हलमा फिल्म चल्नै दिइएन । तर, पनि यो फिल्मले बक्स अफिसमा जोडदार कमाई गरेको छ ।
वुधबार गरिएको विशेष शोमा ५ करोड कमाइ गरेको फिल्मले बिहिबार १९ करोडको ओपनिङ गरेको थियो । शुक्रबार परेको बिदाको दिनको मौका उठाउँदै फिल्मले ३२ करोड कमाई गर्यो । २ दिनमै फिल्मको कमाइ ५६ करोड पुगेको छ ।
दीपिका पादुकोण, साहिद कपुर र रणविर सिंहको मुख्य भूमिका रहेको यो फिल्मलाई दर्शक र समिक्षकले रुचाएका छन् ।