अभिनेता अनमोल केसी र अभिनेत्री अदिती वुढाथोकी स्कटल्याण्ड उडेका छन् । माघ २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘कृ’मा समावेश भएको ‘मैले जानी नजानी’ बोलको गीतको भिडियो सुटका लागि अनमोल र अदितीसहित फिल्मको टिम बेलायत उडेको हो ।
अभिनेता केसीले फिल्मका लागि मिहिनेत गरेको र एउटा गीत तयार पार्नकै लागि आफूहरु विदेशी लोकेशनमा पुगेको बताए । यो टिममा अनमोल र अदितीसँगै निर्देशक सुरेन्द्र पौडेल, निर्माताद्धय सुवास गिरी र भूवन केसी, कार्यकारी निर्माता कमल गिरी, छायांकार पुरुषोत्तम प्रधान, कोरियोग्राफर विक्रम लामा, प्रोडक्शन डिजाइनर शंकर पाण्डे, अभिनेत्री जीया केसी छन् ।
उनीहरु करिब एक साता स्कटल्याण्डमा रहनेछन् । निर्माता सुवास गिरीले फिल्म निर्माणमा कुनै संझौता नगरिएको भन्दै एउटै गीतका लागि ३५–४० लाख खर्च गरेर आफूहरु विदेशी भूमिका पुगेको बताए ।