फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा अभिनेत्री प्रियंका कार्कीले पनि काम गर्ने भएकी छिन् । प्रियंकालाई यो फिल्मको निर्माण टिमले फाइनल गरेको छ । यो प्रेमकथामा काम गर्न पाउँदा आफू उत्साहित भएको कार्की बताउँछिन् ।
फिल्ममा अभिनेत्री बर्षा राउत र अभिनेता संजोग कोइरालाको साथमा नरेन खड्का फाइनल भैसकेका छन् ।
फिल्ममा अभिनेता दीलिप रायमाझी र कलाकार किरण केसी पनि फाइनल भएका छन् । अभिनेता शिव श्रेष्ठको प्रस्तुतीमा यो फिल्म बन्न लागेको हो । फिल्ममा यशोधा राई र दिनेश दर्शनधारीको लगानी रहनेछ ।
महिला केन्द्रित यो फिल्ममा बसन्त सापकोटा र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहने पनि पक्का भएको छ ।