चर्को विरोधका वावजुत अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहेको फिल्म ‘पद्यमावत’ले बक्स अफिसमा कमालको व्यापार गरिरहेको छ । यो फिल्मको व्यापारलाई लिएर बलिउडकर्मी पनि खुशी छन् ।
सायद, दीपिका पनि लामो समयपछि बक्स अफिसमा छाएकी छिन् । जसलेगर्दा, दीपिका फिल्मको सफलतालाई सेलिव्रेशन गरिरहेकी छिन् । दीपिकाले मुम्बइको एक रेष्टुरेन्टमा पुगेर राजस्थानको खाना खाइन् । उनी, खाना खादै गर्दा खुशीले गद्गद् देखिएकी थिइन् ।
फिल्मले ३ दिनमै ८३ करोडको व्यापार गरिसकेको छ । फिल्मले आइतबार १०० करोडको क्लब छुने पक्का छ । यसैले पनि दीपिका फिल्मको व्यापारलाई लिएर खुशी देखिएकी हुन् । संजयलिला भन्सालीको निर्देशनमा तयार भएको यो फिल्ममा रणविर सिंह र साहिद कपुर पनि मुख्य भूमिकामा छन् ।