एउटै फिल्ममा विभिन्न खालका गीत पस्कन संगीतकार अर्जुन पोखरेल माहिर छन् । उनले यसअघिका आफ्ना फिल्ममा पनि त्यो खुबी देखाइसकेका छन् । अर्जुनले संगीत भरेको नयाँ फिल्म ‘लम्फू’को अडियो जुकबक्स रिलिज गरिएको छ । जसमा अर्जुनले फरक–फरक स्वादका गीत तयार पारेका छन् ।
यो फिल्म वि.सं २०७५ साल वैशाख २८ गतेबाट रिलिज हुँदैछ । शक्तिवल्दभ घोरासैनीको निर्माणमा तयार भएको यो फिल्मलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् । फिल्मका गीतमा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल, सुरेस लामा, अप्सरा घिमिरेको स्वर छ । फिल्मका निर्देशकको सोच र कथा अनुसार गीत तयार भएको संगीतकारले बताए ।
यो फिल्म भित्र ‘सँगै जिउने सँगै मर्ने, तिम्लाई भुलेर, दोधार दोधारमा र सुको छैन यार’ बोलका गीत दर्शकले सुन्न र हेर्न पाउनेछन् । गीतम शब्द दिग्गज धौलारी, यूवराज सापकोटा, प्रमोद ढुंगाना, नरेश भट्टराइले कोरेका छन् । फिल्ममा नव–अभिनेता कविर खड्का, मरिष्का पोख्रेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जिब भण्डारी, कुशाग्र भट्टराई, ‘तरकारीवाली’को नामले परिचित कुशुम श्रेष्ठको मुख्य भूमिका छ ।
एक यूवाको जीवनमा आइपर्ने विभिन्न घटनालाई फिल्मले उठान गरेको छ । फिल्ममा भूपतिको लेखन, दिपक बज्रचार्यको छायांकन, हरि सिलवालको सम्पादन छ ।