अभिनेत्री शिल्पा पोखरेल अहिले सुर्खेतमा छिन् । फिल्म ‘मंगलम’को प्रचारका लागि उनी अभिनेता पुष्पल खड्का, निर्माता छविराज ओझा, निर्देशक नवल नेपालको साथमा सुर्खेत पुगेकी हुन् । सुर्खेतमा भने उनी फिल्मको प्रचारमा आफै जुटेकी छिन् ।
शिल्पाले फिल्म प्रचारका लागि सुर्खेतमा गुड्ने गाडीमा आफैले फिल्मको स्टिकर, पोष्टर टाँसेकी छिन् । यो फिल्ममा शिल्पा अभिनेत्री मात्र नभएर निर्मात्री पनि हुन् । यसैले पनि उनी फागूण २५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मंगलम’लाई लिएर गम्भिर छिन् ।
फिल्मको प्रदर्शन मिति बारम्बार सरेको थियो । निर्माता छविराज ओझाले नेपालगञ्जको प्रचार सकेर आफूहरु सुर्खेत पुगेको बताए ।