अभिनेता भूवन केसी र अभिनेत्री जीया केसीको प्रेम सम्बन्ध मिडियामाझ लुकेको छैन । अहिले यो जोडी फिल्म ‘कृ’को गीत छायांकनका लागि बेलायतमा छ । बेलायतमा एक दर्जन टिम पुगेको छ र गीत धमाधम छायांकन गरिररहेको छ । गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री अदिती वुढाथोकीलाई दर्शकले देख्न पाउनेछन् ।
अभिनेता भूवन केसीले सामाजिक संजालमा पोष्ट गरेको तस्बिरमा जीया केसी र अभिनेत्री अदिती वुढाथोकी देखिएका छन् । तर, यो तस्बिरमा अभिनेता अनमोल केसीलाई लुकाइएको छ ।
अनमोललाई निर्माण टिमले गीतको तस्बिरमा सार्वजनिक गर्न नचाहेको प्रष्ट छ । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्मलाई सुवास गिरी र भूवन केसीले बनाएका हुन् । माघ २६ गतेबाट यो फिल्म रिलिज हुँदैछ ।