अभिनेत्री प्रियंका कार्कीले हप्तामा कुनै न कुनै नयाँ फिल्ममा संझौता गरेकी नै हुन्छिन् । उनले यो साता २ वटा फिल्ममा संझौता गरेको खबर बाहिरिएको छ । प्रियंका कार्कीले अब संचारकर्मी सुव्रतराज आचार्यले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘सुश्री सम्पत्ती’मा काम गर्ने भएकी छिन् ।
प्रियंकाले यो फिल्ममा कस्तो भूमिकामा काम गर्नेछिन् भन्ने स्पष्ट पारिएको छैन । फिल्ममा सलोन बस्नेत, सारा लगायतका कलाकारले काम गर्ने फाइनल भैसकेको थियो । अहिले यो फिल्मको लोकेशन खोजीका लागि यसको टिम पोखरामा छन् । रमेश त्वयना फिल्मका निर्माता हुन् । फिल्मलाई नारीप्रधान कमेडी कथामा बनाउने सुव्रतले बताएका छन् ।