अभिनेत्री स्वेता खड्का पहिरनको पारखी नै हुन् । स्वेताले लगाएका पहिरन मिडियामा राम्रो स्थान जमाउन सफल छन् । डिजाइनर र बुटिकमा पुगेर पहिरन तयार पार्ने स्वेता राजधानीमा आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा आकर्षक बनेर पुगिन् । उनको लामो वन पिस पहिरनले धेरैको ध्यान खिचेको थियो ।
फागूण ४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘कान्छी’की निर्मात्री तथा कलाकार स्वेता यो फिल्मका लागि दौडधुप पनि गरिरहेकी छिन् । यो फिल्म बम्पर हिट हुनेमा उनी विश्वस्त छिन् ।
स्वेता फिल्मको प्रेसर लिएर पनि सार्वजनिक कार्यक्रममा बबाल पहिरन लगाएर पुग्न सधै अगाडि छिन् ।