काठमाण्डौमा इ टिकेटिङ लागू भएका हलहरुमा फागूण १ गतेबाट नै बक्स अफिस लागू हुने भएको छ । सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतको उपस्थितीमा बसेको बक्स अफिस कार्यान्वयन समितीको बैठकले फागूण १ गतेबाट मल्टिप्लेक्सहरुलाई बक्स अफिस प्रणालीमा जोड्ने निर्णय गरेका हुन् ।
अरु, निर्णय भने यसअगाडि नै गरे अनुसार हुनेछ । चलचित्र विकास बोर्डले वैशाख १ गतेबाट काठमाण्डौमा बक्स अफिस प्रणालीको प्रयोग गर्ने र साउन १ गतेबाट लागू गर्ने तयारी गरेको थियो । काठमाण्डौ बाहिरका हलहरुमा माघ १ गते अगाडि नै बक्स अफिस लागू हुनसक्ने चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको भनाई छ । कमजोर हलहरुलाई हार्डवेयर जडानमा बोर्डले सहुलियत दिने उनले बताइन् ।
यस्तै, मन्त्री बस्नेतले चलचित्र सेन्सर बोर्डमा चलचित्र संघका १ र चलचित्र निर्माता संघका १ जना आमन्त्रित सदस्य हुने व्यवस्था पनि गर्ने बताएका छन् ।