अभिनेता सौगात मल्लले आफूले अभिनय गरेको फिल्म आफैले हेर्न नसक्ने बताएका छन् । आफूले अभिनय गरेको फिल्म हेर्दा कहिले पसिना आउने त कहिले आफूलाई बाथरुम जान मन लाग्ने उनले बताए । तर, आफूले काम गरेका फिल्म आफूले हेर्न नसकेपनि आफूले फिल्ममा काम गरेर मनोरञ्जन भने पूर्ण रुपमा लिने उनले बताएका छन् । सौगातका अनुसार उनी फिल्ममा अभिनय गर्दा रमाइलो मान्छन् ।
सौगात अभिनित फिल्महरुले बक्स अफिसमा असफल व्यापार गरिरहेका छन् । तर, सौगात मल्ल भने आफूले अभिनय गरेका फिल्म राम्रो भए चल्नुपर्ने, नराम्रो भए नचल्ने बताउँछन् । सौगातले आफूलाई कामको अभाव नभएको समेत बताएका छन् । अब, छायांकनमा जान लागेका फिल्म राम्रा भएको उनले मिडियासँग शेयर गरेका छन् । आफूले कहिल्यै पनि हिरोयन सिफारिश नगरेको सौगातले दाबी समेत गरेका छन् ।