अभिनेत्री तथा निर्मात्री स्वेता खड्काले यहि माघ २३ गते ‘कान्छी म्यूजिकल नाइट’को आयोजना गर्दैछिन् । नेपाली फिल्म क्षेत्र र सांगीतिक क्षेत्रका दर्जन बढी कलाकारले यो नाइट्समा आफ्नो विशेष प्रस्तुति दिदैछन् । स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापना भएको ‘श्वेता श्री फाउन्डेशनले’ सिन्धुपाल्चोक जिल्लाको भ्याडी टोलमा निर्माण गरिरहेको ‘माझी बस्ती’को सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागिएको स्वेताले बताएकी छिन् ।
कार्यक्रममा अभिनेत्री स्वेता खड्का, अभिनेता दयाहाङ राई, संगीतकार तथा गायक राजनराज सिवाकोटी, हाँस्यकवि शैलेन्द्र सिंखडा, गायक यूवराज चौलागाई, कमेडियन सन्दिप क्षेत्री, गायिका माण्डवी त्रिपाठी, संगीतकार तथा गायक अर्जुन पोखरेल, गायक धमेन्द्र सेवना, हाँस्यकलाकार जितु नेपाल, निर्देशक आकाश अधिकारी, नृत्य निर्देशक बसन्त श्रेष्ठ, अभिनेत्रीहरु अशिष्मा नकर्मी, मरिष्का पोखरेल र जेविका कार्की, कलाकार विनोद न्यौपानेले प्रस्तुति दिनेछन् ।
कार्यक्रमको संचालन नरेश भट्टराई र सुगारिका केसीले गर्ने पक्का भएको छ । अभिनेत्री खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ फागूण ४ गतेबाट रिलिज हुँदैछ ।