अभिनेत्री आँचल शर्माको पहिरन हिजोआज छोटो हुन थालेका छन् । काठमाण्डौमा जाडो उस्तै रहेपनि आँचलका पहिरन भने जाडो सकिएको भान दिन थालेका छन् । फिल्म ‘सत्रु गते’मा समावेश गरिएको ‘पिरतीको बर्को’ बोलको गीतको भिडियो रिलिज कार्यक्रममा पुगेकी आँचलको पहिरन छोटो थियो । उनलाई, हिड्दा, बस्दा पनि सम्हालिन आवश्यक थियो । आँचल भने निष्फिक्री पहिरन सम्हालेर गफिएकी थिइन् ।
मिडियाका क्यामेरामा आँचलका गतिविधीमा फोकस थिए । आँचलको यो पहिरनले उनलाई मिडियामा राम्रै चर्चा दिएको छ । कार्यक्रममा गीतको भन्दा आँचलको पहिरनको चर्चा ज्यादा भयो । अभिनेत्रीहरु छोटो पहिरनमा मिडियामा बढी फोकस हुन्छन् । सायद, आँचलले पनि यहि सिकेकी हुन् कि ?