फिल्म ‘पञ्चायत’मा अभिनेत्री नीता ढुंगाना १४ बर्षकी यूवतीको भूमिकामा देखिएकी छिन् । चैत्र २ गतेबाट रिलिज हुने फिल्मको ट्रेलर रिलिज भएको छ । जसका वि.सं २०३३ सालको कथा देखाइएको छ । सो समयमा बस्ने पञ्चायतले गर्ने फैसलाको कथा फिल्ममा देखाइएको छ ।
फिल्ममा शिवम् अधिकारीको कथा, पटकथा, संवाद र निर्देशन छ । सुशान्त कुमार श्रेष्ठ र शंकरप्रसाद सुवेदीको लगानीमा बनेको फिल्ममा सरोज खनाल, नीता ढुंगाना, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।
रामेश्वर कार्कीको छायांकन रहेको फिल्ममा टंक वुढाथोकीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।