अभिनेता सलमान खान बलिउडमा नयाँ अनुहार भित्राउन माहिर छन् । सलमानले भित्राएका बलिउड अभिनेत्रीहरुमध्ये केहि सफल पनि छन् । करिअर खत्तम भएका केहि कलाकार पनि सलमानकै साथका कारण माथि आएका छन् ।
सलमान अहिले एक टेलिभिजनकी चर्चित कलाकारलाई बलिउडमा अगाडि बढाउन साथ दिइरहेकी छिन् । सिरियल ‘नागिन’की चर्चित कलाकार मोन्नी रोयलाई सलमानले साथ दिएका छन् । उनको हिट शो ‘बीग बोस’मा पनि मोन्नी धेरैपल्ट देखिएकी थिइन् ।
अब, मोन्नीलाई लिएर सलमान ‘दबंग ३’ बनाउने तयारीमा छन् । यो फिल्मका लागि मोन्नीको नाम अगाडि सारिएको छ । अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘गोल्ड’मा पनि सलमानले नै मोन्नीको नाम सिफारिश गरेका थिए ।