नेपाली फिल्म ‘चपली हाइट २’मा काम गरेकी अभिनेत्री परमिता राणाले बलिउड अभिनेता बरुण धवनलाई आफ्नो साथी बनाएकी छिन् । उनले इन्स्ट्राग्राममा पोष्ट गरेको तस्बिरमा बरुणलाई ‘साथी’ भनेर चिनाएकी छिन् ।
परमिता अभिनय सिक्नका लागि मुम्बइमा छिन् । उनी, अभिनेता आयुष्मान देशराज जोशीकी पूर्व प्रेमिका समेत हुन् ।
परमिताले आफूले ‘नयाँ साथी बनाएको’ भन्दै तस्बिरमा क्याप्सन पनि लेखेकी छिन् । उनले, सबैले आफ्नो नयाँ साथीलाई चिन्ने उल्लेख समेत गरेकी छिन् । बरुणले परमितालाई अंकमाल समेत गरेका छन् । तस्बिर हेर्दा परमिता र बरुण नजिकको साथी भएको अड्कल लगाउन सकिन्छ ।