बायोपिक फिल्म ‘ब्लाइन्ड रक्स’को ट्रेलर रिलिज गरिएको छ । फिल्म फागूण १८ गतेबाट रिलिज हुँदैछ । मिलन चाम्सको निर्देशनमा बनेको यो फिल्ममा निकेश लिम्बुको लगानी छ । यूकेमा फिल्मको १८ वटा भन्दा बढी शो भैसकेको छ । फिल्मले श्रृष्टी केसीको जीवनलीलाई पर्दामा उतारेको छ ।
श्रृष्टीको भूमिकामा अभिनेत्री वेनिशा हमालले काम गरेकी छिन् । फिल्ममा गौरी मल्ल वेनिशाको आमाको भूमिकामा देखिएकी छिन् भने अर्पण थापा उनको प्रेमिको भूमिकामा देखिएका छन् । यो फिल्मका लागि वेनिशाले तौल घटाएकी थिइन् । बायोपिक फिल्म बनाउन सजिलो नभएको भन्दै निर्देशक चाम्सले विश्वभरका मानिसले यो फिल्म हेर्न आवश्यक रहेको बताए ।
यस्तै, आफ्नो जीवनीमाथि नै फिल्म बनेपछि श्रृष्टीले हजारौ आँखा पाएको बताइन् । अभिनेत्री वेनिशा हमालले आफूले २ कथामध्ये यो कथा रोजेको बताएकी छिन् ।