गायक प्रमोद खरेलको स्वर तथा पछिल्लो समय उदायमा गीतकार सुर्य श्रेष्ठको शब्द रहेको ‘पारी नतर्दै ..’बोलको गीतमाथी बनेको भिडियो सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक भएको यो गीतमा सचिन गिरीले संगीत दिएका छन् । निकै मार्मित यो गीतमा भिडियो पनि त्यस्तै बनाइएको छ । भिडियोमा गीतकार समेत रहेका मोडल सुर्य श्रेष्ठ र सुजना ढुङ्गानाले अभिनय गरेका छन् । गीतको भिडियो हरपल गुरुङ्गले निर्देशन गरेका हुन् ।
चलचित्र सिलसिला, र टेलिचलचित्र यसपालीको दशै, झ्याइक्टी झ्याई, दशै होकी दसा लगायत केहीमा राम्रो अभिनय कौसल प्रस्तुत गरिसकेका सुर्य पछिल्लो समय म्युजिक भिडियो अभिनयमा पनि देखिदै आएका छन् ।