अभिनेत्री सुष्मा कार्कीले आफ्नो जन्मदिन विशेष रुपमा सेलिव्रेशन गरेकी छिन् । आफ्ना नजिकका साथीभाई, आफन्तलाई निम्तो दिएर उनले जन्मदिन मनाएकी हुन् । सुष्माको जन्मदिनमा फिल्म क्षेत्रका फिल्मीकर्मीको उपस्थिती देखिएन । तर, सुष्माका आफन्त र साथीभाई भने बाक्लै उपस्थित थिए ।
सुष्माले रातो हट पहिरन लगाएकी थिइन् । उनले, आफू धेरै विदेश यात्रामा जाने भएकाले पनि मन लागेमात्र फिल्ममा काम गरेको बताइन् । सुष्माले जन्मदिनमा त्यस्तो केहि सोच नभएको बताइन् । उनले, आफू सधै नै हट रहेको भन्दै हट नै हुने पनि स्पष्ट पारिन् ।
सुष्माले अहिले आफू प्रेममा नरहेको पनि खुलाएकी छिन् । सुष्माले उमेर भने खुलाउन मानिन् ।