अभिनेत्री स्वेता खड्काले निर्माण गरेको फिल्म ‘कान्छी’ तेश्रो हप्ता चलिरहेको छ । फिल्मले प्रदर्शनको सुरुवाती दिनमा राम्रो व्यापार गरेको थियो । तर, तेश्रो हप्तासम्म आइपुग्दा पनि फिल्म हेर्न दर्शकको उपस्थिती राम्रो देख्दा अभिनेत्री स्वेता खड्का दंग देखिएकी छिन् ।
आकाश अधिकारीले निर्देशन गरेको यो फिल्मले कति कमायो भन्ने आँकडा भने सार्वजनिक गरिएको छैन । अभिनेत्री स्वेता खड्काले पैसा भन्दा पनि दर्शकको माया आफूलाई महत्वपूर्ण रहेको बताइन् । यसैले पनि आफूले फिल्मको व्यापार कति भयो भनेर हिसाब नगरेको उनको भनाई छ ।
फिल्मले रिलिज अगावै लगानी उठाइसकेको थियो । फिल्ममा स्वेता खड्का, दयाहाङ राई, भूमिका श्रेष्ठ, अनु शाह, प्रज्वल सुजल गिरी, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।