फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को छायांकन बेलायतमा पहिलो चरण सकिएको छ । दोश्रो चरणको छायांकन वैशाख लागेपछि गरिनेछ । यो फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता धिरज मगरको मुख्य भूमिका छ । फिल्ममा समावेश एक गीतको अडियो अहिले हिट भैरहेको छ । स्वप्न सुमनको शब्द, संगीत र स्वर रहेको यो गीतको अडियो अहिले हिट भैरहेको छ ।
रेनशा वान्तवा राइले यो फिल्मको निर्देशन गरेकी हुन् । फिल्मका केहि तस्बिरमा अभिनेत्री साम्राज्ञी र अभिनेता धिरज रोमान्टिक अवतारमा देखिएका छन् । अभिनेत्री साम्राज्ञीका लागि यो फिल्म विशेष पनि छ ।
किनकी, लगातार २ वटा हिट फिल्म दिएकी साम्राज्ञीका लागि यो महंगो बजेटको फिल्म चल्न आवश्यक छ । कोरियोग्राफरबाट निर्देशक बनेकी रेनशाका लागि पनि यो फिल्म विशेष छ ।