नेपाली फिल्म क्षेत्रमा कुनै समय द्धन्द्ध निर्देशनमा एक छत्र राज गरेका राजेन्द्र खड्गी अन्ततः जेल चलान भएका छन् । उनलाई विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्याएको आरोपमा जेल चलान गरिएको हो । जिल्ला अदालत काठमाण्डौले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
उनलाई केन्द्रिय कारागार सुन्धारामा राखिएको छ । उनी, सांकृतिक कायृक्रममा भाग लिन भन्दै १२ जनाको टोली लिएर कोरिया पुगेका थिए । तर, फर्किने बेलामा २ जना मात्र फर्किएका थिए । त्यसबारे दक्षिण कोरियास्थित नेपाली दुतावासले सीआइबीलाई यो कुरा जानकारी गराएपछि यस बिषयमा अनुसन्धान थालिएको थियो ।
प्रहरी हिरासतमा रहेका खड्गीले उनीहरुलाई कोरियो पुर्याएको स्विकार समेत गरेका थिए । पछिल्लो समय उनले फिल्म ‘नोथिङ इम्पोसिबल’ निर्देशन समेत गरेका थिए ।