संचारकर्मी सुव्रतराज आचार्य अहिले पोखरामा छन् । उनको निर्देशनमा अहिले फिल्म ‘सुश्री सम्पत्ती’को धमाधम छायांकन भैरहेको छ । यो फिल्ममा सारा, सलोन बस्नेत मुख्य भूमिकामा छन् । तर, अभिनेत्री प्रियंका कार्की पनि यो फिल्ममा छिन् । फिल्ममा उनको भूमिका के हो भन्ने खुलाइएको छैन । फिल्मको घोषणा कार्यक्रममा उनको विशेष भूमिका मात्र भनिएको थियो ।
तर, निर्देशक सुव्रतराज आचार्यले फेसबुकमा अभिनेत्री कार्कीसँगको एउटा हट फोटो शेयर गरेका छन् । जहाँ, प्रियंका हट अवतारमा छिन् । यसैले पनि कतै फिल्ममा उनी आइटम गर्लको भूमिकामा त छैनन् भन्ने अड्कल लगाउन सकिन्छ ।
प्रियंकाले यो पहिरन आइटम गीतको सुटिङका क्रममा लगाएको सजिलै वmुभ्न सकिन्छ । रमेश त्वयनाले निर्माण गरिरहेको फिल्मलाई कमेडी कथामा तयार पारिने सुव्रत बताउँछन् ।