अभिनेत्री दीपिका पादुकोणले अहिले बलिउडमा राज गरिरहेकी छिन् । निरन्तर हिट फिल्मका कारण उनको बलिउड यात्रा सफल देखिएको छ । फिल्म ‘पद्यमावत’को बक्स अफिसमा ब्लकबस्टर व्यापारका कारण उनी बलिउडमा रानीको रुपमा खडा छिन् ।
उनै, दीपिकाले हलिउडसम्मको यात्रा पनि तय गरिन् । हलिउडमा त उनको करिअर खासै जम्न सकेन । तर, बलिउडमा भने दीपिकालाई अन्य अभिनेत्रीले भेट्न सकेका छैनन् । उनै दीपिका मुम्बइको विमानस्थलमा आकर्षक पहिरनमा देखिएकी छिन् ।
दीपिकाको यो क्याजुअल पहिरनले उनलाई आकर्षक देखाएको थियो । दीपिका पहिरनमा पनि चुजी मानिन्छिन् । अभिनेता रणवीर सिंहसँगको प्रेम सम्बन्धले पनि उनको चर्चा लामो समयदेखि मिडियामा भैरहेको छ ।