फिल्म ‘छक्का पन्जा’को तेश्रो सिक्वेल बन्दैछ । यो फिल्मको छायांकन वैशाखबाट सुरु हुँदैछ भने दशैको फूलपातिमा चल्दैछ । यो फिल्ममा अभिनेत्रीहरुको हेरफेर भैरहेको छ । अभिनेत्री प्रियंका कार्की र बर्षा राउत तेश्रो सिक्वेलमा पनि हुने संभावना छ ।
तर, ‘छक्का पन्जा’मा रहेकी नम्रता सापकोटा दोश्रो श्रृङ्खलामा अटाइनन् । अब, ‘छक्का पन्जा २’मा अटाएकी अभिनेत्री स्वस्तिमा खड्का ‘छक्का पन्जा ३’मा भने नदेखिने संभावना बढी छ ।
यसपटक निर्माता तथा लेखक दीपकराज गिरी धेरै कलाकार नराख्ने मुडमा रहेको श्रोत बताउँछ । साथै, यो फिल्मसँगै रिलिज हुन लागेको ‘जय भोले’की मुख्य अभिनेत्री स्वस्तिमा खड्का नै हुन् । यसैले, पनि यसपटक स्वस्तिमाको चान्स छैन भन्दा पनि हुन्छ । स्वस्तिमा अहिले फिल्म ‘नाई नभन्नु ल ५’मा व्यस्त छिन् ।