अभिनेत्री प्रियंका कार्कीको हातमा फिल्म नै फिल्म छन् । उनलाई फिल्मको अभाव नै छैन । धेरै अभिनेत्रीहरु हात खाली भएर बसेको समयमा प्रियंका भने सेड्यूल नै मिलाएर फिल्ममा काम गरिरहेकी छिन् ।
अभिनेत्री केसीले फिल्म ‘यस्तो एउटा प्रेम कहानी, चंगाचेट र नाई नभन्नु ल ५’मा समय मिलाएर काम गरिरहेकी छिन् । यी तिनैवटा फिल्ममा उनको भूमिका फरक फरक छ । तर, पनि उनी फिल्ममा काम गर्न पछि हट्दिनन् ।
कतै, कलेज गर्ल त कतै आधुनिक यूवतीको भूमिकामा देखिएकी पि्रयंका कतै आमाको भूमिकामा पनि छिन् । ३ वटा फिल्मका लागि समय मिलाउन उनलाई हम्मे हम्मे नै परेको छ । तर, पनि उनलाई यसले खासै फरक पारेको छैन ।
उनले नै अभिनय गरेका फिल्म हलमा लागिरहेका छन् । छायांकनमा नै उनी नै व्यस्त छिन् ।प्रियंकाको व्यस्तता अरु अभिनेत्रीका लागि लोभ लाग्ने खालको नै छ ।