\नेपाली फिल्मले नयाँ बर्षमा आक्रामक व्यापार गर्छ । नयाँ बर्षमा फिल्मले गर्ने व्यापारले निर्मातालाई राहत दिन्छ । यस्तै, राहत पाएको छ शुक्रबारदेखि रिलिज भएको फिल्म ‘नेप्टे’ले पनि ।
शुक्रबार निकै कमजोर व्यापार गरेको यो फिल्मले शनिबार देशभर नै हाउसफूलको व्यापार गर्यो । फिल्मले राजधानीका मल्टिप्लेक्समा कम शो पाएको थियो । ती शोमा दर्शकको चाप राम्रो देखियो ।
यो फिल्म हेर्नका लागि हरेक बर्गका दर्शक हलमा देखिए । फिल्मले सिंगल थिएटरमा पनि राम्रो कमाई गरेको छ । शनिबार राजधानी बाहिरका हलमा पनि फिल्मले हाउसफूलको व्यापार गर्यो । नयाँ बर्षमा नेपाली फिल्मले पाउने दर्शकको साथले यो फिल्मलाई फाइदा भयो ।
निर्माता तथा अभिनेता रोहित रुम्बा दर्शकले दिएको साथले खुशी भएपनि हल कम पाउँदा दुखी देखिएका छन् । फिल्ममा दयाहाङ राई, वुद्दि तामाङ, रोहित रुम्बा, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय छ ।