सन् २०१७ को मिस नेपाल विजेता निकिता चण्डक अब फिल्म क्षेत्रमा प्रवेश गर्ने भएकी छिन् । उनलाई फिल्म ‘रानी महल’बाट निर्देशक हिमाल न्यौपानेले फिल्म क्षेत्रमा भित्राउन लागेका हुन् ।
यो फिल्म बन्ने भनेको एक बर्ष भैसक्यो । तर, फिल्मको घोषणा कार्यक्रमपछि अभिनेत्री बर्षा सिवाकोटीले फिल्म छाडेपछि निर्माण टिम तनावमा थियो ।
मिस नेपालको आयोजक संस्था द हिडेन ट्रेजरसँग कुरा गरेर निकितालाई फिल्ममा लिइएको हो । मिस नेपालबाट पूर्व मिस नेपाल भएपछि निकितालाई फिल्म खेल्ने बाटो समेत खुलेको हो ।
निकिताले काम गर्ने पक्का भएपछि अब यो फिल्मको छायांकन सुरु हुने भएको छ । हिमाल न्यौपानेले निर्देशन गर्ने फिल्मका लागि निकिताले वर्कशप समेत गर्नेछिन् ।