सन् २०१७ की ‘मिस नेपाल’ विजेता निकिता चण्डकले फिल्म ‘रानी महल’का लागि निकै महंगो पारिश्रमिक लिएकी छिन् । उनले, यो फिल्मका लागि १० लाख रुपैयाँ पारिश्रमिक लिएकी हुन् । निकितालाई फिल्ममा खेलाउनका लागि फिल्मको टिमले लामो समयदेखि प्रयास गरिरहेको थियो । उनको मिस नेपालको १ बर्षे अवधी सकिएपछि फिल्म खेल्ने बाटो समेत खुलेको हो ।
तर, निकितालाई फिल्ममा खेलाउन यो फिल्मको टिमले ठूलै रकम तिरेको छ । निकितालाई २ किस्तामा रकम दिइनेछ । फिल्मको छायांकन अब चाडै नै सुरु हुनेछ । फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् ।