निर्देशक प्रशन्न पौडेलले बिहे गरेका छन् । उनले सर्लाहीकी श्रृष्टी खतिवडासँग बिहे गरेका हुन् । प्रशन्न र श्रृष्टीले वुधबार बिहे गरेका हुन् । उनीहरुले, काठमाण्डौको पुरानो बाँनेश्वरमा रहेको राम मन्दिरमा श्रृष्टीसँग बिहे गरेका हुन् ।
प्रशन्नको यो दोश्रो बिहे हो । उनले, यसअगाडि मोडल सिम्पल खनालसँग बिहे गरेका थिए । तर, प्रशन्न र सिम्पलको बिहे १ बर्षमै टुटेको थियो ।
प्रशन्न अहिले अमेरिकामा नै बस्दै आएका छन् । अमेरिकामा रहेका उनले नर्स पेशामा आवद्ध श्रृष्टीसँग बिहे गरेका हुन् । बिहेमा श्रृष्टी र प्रशन्न निकै खुशी देखिएका थिए । प्रशन्नले ३ वटा फिल्म र ४ सय भन्दा बढी म्यूजिक भिडियोमा काम गरेका छन् ।