मुम्बई(एजेन्सी) । सलमान खानको आउन लागेको नयाँ फिल्म ‘रेस ३’को सुटिङ यतिबेला धमाधम चलिरहेको छ । हालै मात्र सलमानले फिल्मको काश्मिरी सेड्युल पुरा गरेका छन् । समाचार अनुसार यो फिल्मका निर्माता रमेश तौरानीले १ सय ९० करोड रुपैंयाँमा फिल्म बेचेका छन् ।
समाचार अनुसार इरोसनले फिल्म निर्मातासँग फिल्म १ सय ९० करोड रुपैंयाँमा आफूलाई फिल्म विक्री गर्न प्रस्ताव गरेका थिए । यो मूल्यमा १ सय ६० करोड विश्वव्यापी वितरणको अधिकारको न्यूनतम ग्यारेन्टी रकम छ । यो फिल्मको निर्माता सलमान खान र रमेश तौरानी हुन् । इरोस र निर्माताबीच चाँडै नै सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ ।
यो फिल्मलाई किन्नका लागि यशराज प्रोडक्शन, रिलायन्स र फोक्स स्टूडियो पनि यतिबेला कतारमा छन् । तर यो दौडमा इरोस अगाडि निस्किएको छ । यो वर्षको इदमा आउन लागेको फिल्मको निर्देशक रेमो डिसूजाले गरिरहेका छन् । फिल्ममा सलमानका अलावा अनिल कपुर, बबी देओल, साकिब सलीम, जैकलीन फर्नान्डिज र डेजी शाह छन् ।
सलमानको पछिल्ला फिल्मले बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरेको छ । उनको ‘ टाइगर जिन्दा है’ले भारतीय बजारमा ३ सय ३९ करोडको कमाई गरेको थियो । सलमानको ‘रेस ३’ ले पनि ३ सय करोड बढीको व्यापार गर्ने अनुमान गरिएको छ ।