गत बैशाख १४ गतेबाट प्रदर्शनमा आएको चलचित्र कोहलपुर एक्स्प्रेसले व्यवसायीक रूपमा करोड बढीको व्यापार गरेको छ । उक्त खुसियालीमा नक्साल स्थित स्टेसन ५ मा निर्माण युनिट्ले केक काटेका छन ।
केकी अधिकारीले निर्माण गरेको चलचित्रलाई दर्शकले मन पराएका छन् । समिक्षकहरु बाट कपि पेस्टको उपाधि पाए पनि चलचित्रले भने दर्शकको साथ पाएको निर्मात्री तथा अभिनेत्री केकीले बताइन । यस फिल्मलाई समिक्षकहरुले दक्षिण भारतीय चलचित्र मुम्बई एक्सप्रेसको कपि भनेर खेदो गरिरहेका छन् । केकीले भने दुवै फिल्म एकपटक हेरेर मात्र टिप्पणी गर्न आग्रह गरिन् । उनी भन्छन् फिल्म नहेरिकन हावाको भरमा आरोप नलगाइदिनुहुन आग्रह गर्छु । म आफैं सिनेमामा मौलिकता हुनुपर्छ भन्ने मान्यता बोक्ने व्यक्ति हुँ , धेरैजसो फिल्महरु कुनै न कुनै स्वदेशी वा विदेशी फिल्मबाट प्रभावित हुने उल्लेख गर्दै कोहलपुर एक्स्प्रेस पनि मुम्बई एक्स्प्रेसबाट इन्स्पायर्ड भएको हो उनको भनाइ छ , हुबहु उतारिएको भन्ने होइन ।
बिशाल भण्डारी द्वारा निर्देशित चलचित्रमा बिनोद न्यौपाने, ऋचा शर्मा, प्रियंका कार्की लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्र दोस्रो हफ्तामा प्रदर्शन भैरहेको छ ।