काठमाडौं । लामो समयपछि फिल्म निर्माणमा फर्किएको महसञ्चारले निर्माण गरेको फिल्म ‘शत्रु’ गतेले शनिवार प्रदर्शनको ५१ औ पुरा गरेको छ । फिल्मको ५१ औं दिने सफलताको लागि शनिवार ललितपुरको इमाडोलमा कार्यक्रम भइरहँदा महसञ्चारका प्रमुखद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य निकै खुशी देखिन्थे । उनीहरुले आगामी दिनमा पनि फिल्म निर्माणलाई निरन्तरता दिने घोषणा गरे ।
हरिवंशले सत्र वर्ष पछि फिल्म निर्माणमा फर्किदा पनि दर्शकबाट पाएको अथाह माया प्रति आभार व्यक्त गरे । ‘अब हामीलाई फिल्म निर्माणमा नयाँ उत्साह पलाएको छ । त्यसकारणलाई यसलाई निरन्तरता दिइरहनेछौं ।’हरिवंशले भने । प्रदिप भट्टराई निर्देशित फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल, रमेशरन्जन झालगायतको अभिनय छ । फिल्मका प्रस्तुतकर्ता किरण केसीले सत्र वर्षमा फिल्म ‘शुत्र गते’ निर्माण गरेको स्मरण गर्दै आगामी दिनमा मह सञ्चारकै व्यानरमा फिल्म निर्माण गर्ने बताए ।
हरिवंशकै कथा रहेको फिल्ममा निर्देशक भट्टराई र दीपकराज गिरीको पटकथा र निर्देशक भट्टराई तथा हरिवंश आचार्यको संवाद छ । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, स्व.यसोदा श्रेष्ठ र रमिला आचार्यको लगानी छ ।