कलाकार : टाइगर श्राफ, जैकलीन फर्नांडिस , नाथन जोन्स, अमृता सिंह लगाएत ।
निर्देशक : रेमो डी सूजा
निर्माता : बालाजी मोशन पिक्चर्स
संगीत : सचिन जिगर
जनर : सुपर हीरो-एक्शन
टाइगर श्राफ बलीउडका सफल नायक हुन् । ‘हिरोपन्थी’ बाट बलीउडमा डेव्यू गरेका टाइगरको गएको बर्ष ‘बागी’ फिल्म प्रदर्शनमा आएको थियो । यि दुवै चलचित्र बलीउड बक्सअफिसमा सफल रह्यो । यो बर्ष टाइगरको अर्को नयाँ चलचित्र ‘ए फ्लाइंग जट’प्रदशनमा आएको छ । श्रीकृष्ण जन्मअष्टमीको दिनबाट प्रदर्शनमा आएको चलचित्र फ्लाइंग जट्टको बारेमा ‘बलीउड भाष्कर’ ले गरेको समिक्षा :
कहानी
यो फिल्मको कहानी अमन उर्फ ‘फ्लाइंग जट’ (टाइगर श्राफ) को हो, जो स्कूलको बच्चाहरुको मार्शल आर्ट शिक्षक हुन्छन् । अमनको जिन्दगीमा उनकी आमा अमृता सिंहको निकै ठूलो योगदान हुन्छ । एक दिन विना कारण अमनलाई उसको भित्र अद्भुत शक्ति भएको महशुस हुन्छ । आमाको कुरालाई मान्दै अमन सुपरहीरोको ड्रेसमा मान्छेलाई मद्दत गर्न थाल्छन् । कहानीमा तब ट्विस्ट र टर्न्स आउँछ तब एक तर्फबाट अमनले कीर्ति (जैकलीन फर्नांडिस) लाई मन पराउँछन् तर अर्को तर्फ ओर राका (नाथन जोन्स) को आतंकबाट उसले शहरलाई बचाउँनु पर्ने हुन्छ । राका मात्र मल्होत्रा (के के मेनन) को आदेश मान्छन् र मल्होत्रा उक्त सोसाइटी आफ्नो कब्जामा पार्न खोज्छन् । जहाँ अमन र उसको परिवार रहेका हुन्छन् । सुपरहीरो र भिलेनको संघर्षबाट के निष्कर्ष निक्लिन्छ त्यो हेर्न भने तपाई हलसम्म नै जानु पर्छ ।
निर्देशन
चलचित्रको निर्देशन पाटो उत्कृष्ट छ । रेमोले फिल्मको अलग-अलग लेयर्सको निकै राम्रो तरिकाले देखाएका छन् । यसको लागि फिल्मका सिनेमेटोग्राफर विजय कुमार अरोडा पनि बधाईको हकदार छन् । फिल्म हेर्दा स्पेशल इफेक्ट्स केही राम्रो बनाउन सकिन्थ्यो तर त्यसमा फिल्म केही चुकेको छ । फिल्मको कहानी पनि केही प्रेडिक्टेबल छ जसलाई केही रोमान्चक बनाउन सकिन्थ्यो । फिल्मको क्लाइमेक्स निकै कमजोर छ । जुन देखेर हाँसो उठ्छ भने केही कमजोर देख्न सकिन्छ । यो फिल्म विशेषत बच्चाहरुलाई मन पर्छ किनकी फिल्मबाट धेरै म्यासेजहरु पनि प्रवाह गरिएको छ ।
कलाकारको अभिनय
फिल्ममा टाइगर श्राफले नार्मल र सुपरहीरोको भुमिका निर्वाह गरेका छन् । उनले यि दुवै भुमिका निकै राम्रोसँग निभाएका छन् । जैकलीन र नाथन जोन्सको भुमिका पनि तारिफ योग्य छ । अमृता सिंह, केके मेनन र बाँकी कलाकारहरुले पन राम्रो काम गरेका छन् । श्रद्धा कपूर फिल्ममा सरप्राइज प्याकेजमा छिन् ।
फिल्मको संगीत
संगीत फिल्मको मुडको हिसाबले राखिएको छ । बीट पे बूटी बोलको गीत फिल्ममा निकै सुहाएको छ । तर फिल्मका अन्य गीत केही लामो छ, जसलाई केही छोटो बनाउन सकिन्थ्यो ।
हेर्ने कि नहेर्ने
जहाँ एक तर्फ स्पाइडरम्यान र सुपरम्यान जस्तो फिल्म बच्चाहरु निकै मन पराउँछन् । उही आई क्यू लेवलको हिसाबबाट हेर्ने हो भने यो फिल्म ‘ए फ्लाइंग जट’बच्चाहरुका लागि विशेष बन्न सक्छ ।