काठमाडौं । अभिनेता दयाहाङ्ग राई र सुरक्षा पन्त अभिनित चलचित्र ‘भैरे’ को रिलिज डेट पर धकेलिएको छ । यस अघि जेष्ठ १८ मा प्रदर्शन हुन तमतयार अवस्थामा रहेको भैरे अब श्रावण ४ गतेबाट प्रदर्शनमा आउने निधो भएको छ । जेठ १८ मा रिलिज गर्न सबै तयारी पुरा गरिसकेको अवस्थामा नेपाल चलचित्र निर्माता संघले आन्दोलन आह्वान गरेपछि ट्रेलर रिलिज स्थगन गरिएको थियो ।
अन्तिम समयमा निर्माता संघको आन्दोलन सहमतिमा टुंगिएपछि प्रचार-प्रसारको लागि समय अपुग भएकोले मध्ये बर्खामा रिलिज मिति सार्नु पर्ने बाध्यात्मक अवस्था आएको निर्देशक एभरेष्ट सुर्य बोहराले बताए । यो फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् ।
नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन भने सम्पादन बनिष शाहको रहेको छ । तेस्तै सूर्य थोक्करको द्वन्द्व रहेको यस फिल्ममा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ।