फिल्म ‘पण्डीत बाजेको लौरी’को चोली तुना बोलको गीत रिलिज भएको छ । निर्माण टिमले राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरेको हो । गीतमा अभिनेत्री सन्ध्या केसीले नृत्य गरेकी छिन् ।
सन्ध्याको बोल्ड नृत्य गीतको भिडियोमा समावेश छ । परम्परागत शैलीमा विहे चल्दैगर्दा मण्डप छेउमा चल्ने नेपाली गाउँले परिवेशको नृत्यको सिक्वेन्समा गीतलाई जोडिएको छ । गीतमा स्वर मिना निरौला र श्रीकृष्ण बम मल्लको छ भने संगीत पनि मल्लले नै भरेका छन् । कृष्ण केसीको शब्द समावेश हुँदा भिडियोमा कोरियोग्राफी बिक्रम स्वाँरको छ ।
सामाजिक विषय उठान गरिएको फिल्ममा सन्ध्यासँगै बिजय बराल, मरिस्का पोखरेल, प्रविण खवितडा, भोलाराज सापकोटा लिड रोलमा छन् । दीपक वलीको निर्देशनमा बनेको फिल्मलाई विदुर पाण्डेले खिचेका छन् । मित्र डि. गुरुङको सम्पादन छ । फिल्मको कथा तथा पटकथा र डायलम महेश दवाडीको हो । फिल्म आगामी श्रावण ४ गतेबाट रिलिज हुँदैछ ।