काठमाडौँ । रेनाशा वान्तवा राई निर्देशित चलचित्र ‘इन्टु मिन्टू लण्डनमा’को टिजर एक समारोहका बिच आज सार्वजनिक गरिएको छ । टिजरमा साम्राज्ञी राज्यलक्ष्मी शाह र यसै चलचित्रबाट डेब्यु गरेका धिरज मगरको केमेस्ट्रीलाई प्रस्तुत गरिएको छ ।
लामो समय देखि कोरियोग्राफीको अनुभव संगाले पश्चात निर्देशनमा हात हालेकी रेनाशाले सिनेमा पूर्णरुपमा प्रेमकथामा आधारित रहेको बताइन । रेनाशाले यहिँ प्रोजेक्टका लागि करिब डेढ वर्षसम्म कोरियोग्राफीका अफरहरु नकारेकी थिन। त्यसैले उनि भन्छिन् ‘चलचित्र एकदमै राम्रो बनाएका छौँ ।
करिब नेपालमा ३५ र लण्डनमा ६५ प्रतिशत छायाँकन गरिएको चलचित्रलाई आई कोर फिल्मस्को व्यानरमा प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । चलचित्रका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।
निर्देशक रेनषा र निर्माता प्रज्ज्वल समशेरको कथा रहेको चलचित्रमा शारुक ताम्राकारको पनि मुख्य भूमिका छ । चलचित्र अशोज ५ मा रिलिज हुँदैछ ।
सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् । भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायाँकन रहेको ‘इन्टु मिन्टु लण्डनमा’मा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।
टीजर हेर्नुस् :-