काठमाडौं । मिलन चाम्स निर्देशित चलचित्र ‘बोबी’को पोस्टर सार्बजनिक भएको छ। असार २९ मा रिलिज हुने यस चलचित्रले प्रचारलाई व्यापक बनाइरहेको छ ।सत्य कथामा आधारित यो चलचित्र रियल पात्र उमेश थापा र कविता गुरुङ मुख्य भूमिकामा छन् ।
पोस्टरमा पनि यी दुई कलाकारलाई नै विशेष रूपमा चित्रण गरिएको छ । विशेषत रियल पात्रहरुको प्रेम, रोमान्स, रोदन, संघर्ष, पारिवारिक जीवनका विविध आयामहरु पोस्टरममा झल्किएका छन् ।
चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र बसन्त सापकोटा/ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।
चलचित्रका अन्य पात्रहरूमा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतको अभिनय रहेकोे छ ।