तपाईहरुको फेवरेट शो ‘साथ निभाना साथिया’ मा चाँडै मोहम्मद नजिम उर्फ अहमको फेरी इन्ट्री हुने भएको छ । आश्चर्यमा पर्नु भयो तर यो कुरा साचो हो । शोमा अहमको मृत्युपछि टीआरपीमा लगातार गिरावट आएको थियो । त्यसैले शो मेकर्सले फेरी साथ निभाना साथियामा नजिमलाई इन्ट्री गराउने भएको छ । अब नजिम शोमा अहम नभएर जग्गीको भुमिकामा देखिनेछन् । हाल शोमा देखाइएको छ कि गोपी उर्फ देवोलीना भट्टाचार्या पागलखानामा छिन् । गोपीको स्थितिबाट कोकिला मोदी निकै दुखी छिन् । त्यसैले कोकिला, जग्गीको ग्रूम गरेर अहम जस्तो बन्न चाहन्छन्, जसले गर्दा अहम गोपीको साथ जान सक्नेछन् । सायद यसो गर्दा गोपीको मानसिक अबस्थामा केही भएपनि राहत हुनेछ । अब यो अनुमान लगाउन सकिन्छ कि केही दिन भित्रमा नै शोमा निकै महत्वपूर्ण ट्विस्ट आउँदैछ ।