श्रावण २५ गते रिलीज हुने फिल्म ‘कहिँ कतै’का तीन पोस्टर एकसाथ रिलीज भएका छन् । पोस्टरमा अभिनेता दिलीप रायमाझीको साथमा नव-कलाकारद्वय सिवानी गिरी र सोनम बरफुङ्गपालाई प्रमूख स्थान दिईएको छ भने एक पोस्टरमा पाँचै जना मुख्य कलाकार फिचर छन् ।
टौवा कृयशनको तर्फबाट तयार पोस्टरमा समावेश तश्विरले दिलिपको भुमिका सस्पेन्स देखाउँछ । शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्ममा समावेश दुई गीत यसअघि नै रिलिज गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले बिहीवार पोस्टर रिलिज गरेको छ । निर्मात्री समेत रहेकी उमा गिरी र किशोर खतिवडा पनि फिल्ममा लिड रोलमा छन् ।
चलचित्रमा अर्जुन जिसीले सम्पाद्न रोशन श्रेष्ठको द्वन्द्व, सचिन सिंह र लक्की सिटौलाको संगीत अनि बाबु श्रेष्ठको छायांकन रहेको छ ।
सबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको ‘कहिँ कतै’लाई काठमाण्डौ उपत्यकामा रिच इन्टरटेन्मेण्ट र उपत्यका बाहिर एफडि कम्पनीले वितरण अधिकार लिएको छ ।