अभिनेत्री रेखा थापाद्वारा निर्देशित चलचित्र ‘मालिका’ को पहिलो गीत रिलिज भएको छ । लोकलयमा आधारीत ‘हल्का माया के
माया…’ बोलको गीतको छायांकन जाजरकोट दरबार परिसरमा गरिएको छ ।
रेखा थापा अभिनित यस गीतको भिडियोमा सय बढी कोरसले नृत्य गरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा धनगडीमा रेल आउने कुरादेखि मेची महाकाली सम्मको बयान गरिएको छ । अत्यन्त कर्णप्रिय अञ्जु पन्तको स्वरले गीतमा जिवन्तता थपेको छ ।
नर बहादुर कार्कीको शब्द रहेको गीतमा सुरेश अधिकारीले संगीत भरेका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा देश जोड्ने कुरा गरिएको अभिनेत्री थापाले बताइन् ।
उक्त गीतको भिडियो हेरिसके पछी उपस्थित पत्रकार तथा चलचित्रकर्मीहरुले गित सबै कोणबाट उत्कृष्ट बनेको प्रतिक्रिया दिए । गीत अनुसार छायांकन पनि अब्बल देखिन्छ । रामजी लामिछानेको कोरियोग्राफी अन्य चलचित्रको भन्दा उत्कृष्ट छ । नेपाली मौलिकता र संस्कृति झल्किने यस गीतमा अभिनेत्री रेखाको नृत्य र अदाकारीताले पुर्ण न्याय गरेको छ । उनले विगतको आफ्नु लबर गर्लाको छबिलाई परिवर्तन गर्दै नेपालीपन र संस्कृति झल्किने परिवेशलाई जोड दिएकी छिन ।
रामशरण उप्रेतीको छायांकन रहेको यो चलचित्र आउदो लक्ष्मीपूजामा रिलिज हुँदैछ । ‘मालिका’ मा रेखा थापा र जाजरकोटकी कमला वलीको मुख्य भूमिका रहेको छ ।
शिवम अधिकारीको लेखन पटकथा रहेको चलचित्रमा रेखा र नर बहादुर कार्कीको कथा तथा कन्सेप्ट रहेको छ । नर बहादुर कार्की चलचित्रका कार्यकारी निर्माता समेत हुन् भने निर्मातको रुपमा रेखाकी आमा सरस्वती थापा रहेकी छिन् ।